३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सर्वदलिय बैठकको एजेन्डाप्रति रास्वपा सभापतिको असहमति

तस्बिर सौजन्यः रास्वपा सभापति लामिछानेको सामाजिक सञ्जाल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले जाजरकोट भूकम्प प्रभावितको अवस्था निकै दयनीय रहेको भन्दै राजनीतिक दलहरूको ध्याकर्षण गराएका छन्।

भूकम्प प्रभावित क्षेत्रबाट फर्के लगतै उनले प्रमुख ठूला दलहरूलाई आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत ध्यानाकर्षण गराएका हुन्। 

उनले लेखेका छन्, 

'आदरणीय सर्वदलीय हेड सर हरु यता सुन्नुस् है,  

आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफैँ जोगिन्छ। सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थायी शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल, चामल, दाल समयमै बाँड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तन को? तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ। त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस्। परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका  जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए।'

उनले उद्धार कार्य उत्कृष्ट भएपनि राहत वितरण कत्तिपनि सहि नभएको बताएका छन्।

प्रकाशित: २२ कार्तिक २०८० ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App