४ वैशाख २०८१ मंगलबार
राजनीति

काठमाडौं ६ एमाले र ४ मा काँग्रेस विजयी

काठमाडौँ – काठमाडौँका १० क्षेत्र मध्ये ६ वटामा नेकपा एमाले र बाँकी ४ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । 
क्षेत्र नम्बरमा १, ४, ६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको हो भने  २,३, ५, ७, ८ र ९ मा नेकपा एमालेले विजय आफ्नो जित सुनिश्चित गरेको हो।

क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १०९३६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विवेशील साझाका रविन्द्र मिश्रले १०११८ मत प्राप्त गरे। 

त्यस्तै क्षेत्र नम्बर ४ मा काँग्रेसका गगन थापा २१५५८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १८१४० मत प्राप्त गरे ।  क्षेत्र नम्बर ६ मा माओवादी केन्द्रका झक्कु सुवेदीले १५४८५ मत प्राप्त गर्दा काँग्रेसका भीमसेनदास प्रधानले १६७८५ मतसहित  विजयी हासिल गरे। क्षेत्र नम्बर १० मा  विजयी काँग्रेसका राजन केसीले २४१९० मत प्राप्त गर्दा माओवादीका हितमान शाक्यले २१९०७ मत प्राप्त गरे। 

त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपाल २७३६६ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४९०२ मत प्राप्त गरे, त्यस्तै विवेकशील साझाका डा। सुर्यराज आचार्यले ७४३७ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ३ मा १९१६९ मत प्राप्त गरी नेकपा एमालेका कृष्ण राईले विजय हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अम्बिका बस्नेतले १४,८८४ मत प्राप्त गरिन्।  

त्यस्तै क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेलले २३५२९ मत प्राप्त गरी विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा. प्रकाशशरण महतले १३१६९ मत प्राप्त गरे भने विवेकशील साझाका उज्ज्वल थापाले २००९ मत प्राप्त गरे । क्षेत्र नम्बर ७ मा  राप्रपाका विक्रमबहादुर थापालाई हराउँदै एमालेका रामवीर मानन्धरले जित सुनिश्चित गरे । थापाले १००९७ मत प्राप्त गर्दा मानन्धरले १८१०२ मत प्राप्त गरे। 

त्यस्तै क्षेत्र नम्बर ८ मा एमालेका जिवनराम श्रेष्ठ १३३९७ मतसहित विजयी हुँदा काँग्रेसका नविन्द्रराज जोशीले १२९५३ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नम्बर ९ मा काँग्रेसका ध्यान गोविन्द रञ्जितले १४८०२ मत प्राप्त गर्दा एमालेका कृष्णगोपाल श्रेष्ठले २२८५२ मत सहित विजय हासिल गरे। 

 

प्रकाशित: २४ मंसिर २०७४ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App