६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुपारी आयात—निर्यातमा चलखेल भएको हुनसक्ने सांसदहरुको आशंका

सांसदहरुले सुपारी आयात—निर्यातमा चलखेल गर्न खोजेको आशंका व्यक्त गरेका छन्।

बुधवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले विभिन्न चलखेल गरी सुपारी आयात—निर्यातको बाधा फुकाउने काममा समितिलाई अल्मल्याउने काम भइरहेको भन्दै आशंका व्यक्त गरेका हुन्।

उनीहरुले नेपालमा उत्पादन सुपारी आयात—निर्यात खोल्ने विषय समितिमा छलफल गर्न लगाएर बाहिर अर्कै चलखेल भइरहेको हुनसक्ने बताए। सांसदहरुले सरकारले सुपारी निर्यात—आयात सम्बन्धि कार्यविधि २०६८ नै सुपारी निर्यातको बाधक भएको भन्दै परिमार्जन गर्न आवश्यक रहेको बताए। उनीहरुले समितिमा सुपारी किसानको कुरा उठाए पनि वास्तविक किसानको कुरा नै नभएको बताए। सांसदहरुले अन्य कृषिजन्य वस्तुहरुको आयात निर्यात गर्न सरकारले विशेष निर्णय गर्न नपर्ने तर सुपारीमा छुटै विशेष निर्णण गर्नुपर्ने कारण माग गरे। सांसदहरुले सरकारले वास्तविक सुपारी किसानहरुको तथ्याङ्क यकिन गरी राख्न आवश्यक रहेको बताए।

उनीहरुले नेपालमा सुपारीको आयात निर्यातको विषयमा विभागका निर्देशकदेखि मन्त्रीको समेत जागिर जाने गरेको भन्दै विचौलियाहरुले समितिलाई पंगु बनाएर बाहिर चलखेल गरेको बताए। बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले सुपारी आयात निर्यातको विषयमा सचिवदेखि मन्त्रीको समेत जागिर जाने अवस्था रहेको बताए। उनले सुपारीको निर्यात सजिलै रुपमा खोल्न नहुने बताए। सुपारी निर्यात खोल्न समितिलाई मोहरा बनाएर बाहिर अर्कै चलखेल भइरहेको उनले दाबी गरे।

सांसद श्रेष्ठले सबै क्षेत्रमा शतप्रतिशत सुपारी उत्पादन भएपनि १४ हजार मात्रै सुपारी उत्पादन हुने बताए। उनले समितिमा सुपारीको निर्यात खोल्न माग गर्दै उजुरी गर्नेहरु केही समय पहिला सुपारी निर्यात बन्द गर्नुपर्छ भन्दै आएको दाबी गरे। सुपारी आयात निर्यात गर्नुपर्छ भन्ने विचौलियाहरु आवश्यकता अनुसार चल्ने उनको भनाइ छ।  

प्रकाशित: १५ कार्तिक २०८० ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App