२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छः अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन्।

मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका हुन।

उनले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताए। यद्यपी सो विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने स्पष्ट पारे। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गर्नुभएको भन्दै खुशी व्यक्त गरे।

उनले भने, ‘संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा नेपालकै पहलकदमीमा यो विषयलाई टुंग्याउनुपर्छ। पर्यावरणको समस्यालाई पनि उहाँले प्रत्यक्ष रुपमा आफूले देखेको, अनुभुत गरेको कुरा बताउनुभएको छ। त्यसले विश्वको ध्यान आकर्षित गर्छ भन्ने लाग्दछ। यस्तो कुरामा नेपाल जस्तो देशको कुनै भुमिका छैन। विकसित देशहरुले, सम्पन्न देशहरुले यसको जिम्मेवारी बोक्नुपर्दछ भन्ने बताउनुभयो। विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गर्नुभयो। लुम्बिनी, सगरमाथा र अन्नपूर्ण को भ्रमण गर्न ठाउँ चयन गर्नुले उहाँको नेपाल प्रतिको निकटता, आत्मियता व्यक्त हुन्छ। गौरववान्वित तुल्याएको छ। खुशी छौँ। शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थनको हामी अपेक्षा गर्दछौँ। विश्व समुदायले आवश्यक सहयोग गर्नुपर्ने हुन्छ। तर मुख्यत्ः हाम्रो पहलमा, हाम्रो योजनामा, हाम्रो तत्परतामा हल हुने कुरा हो।’

प्रकाशित: १४ कार्तिक २०८० १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App