२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रक्षा मन्त्री खड्का र राष्ट्रसङ्घ महासचिव गुटेरेसबीच भेटवार्ता

रासस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरे। आज परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षा मन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन।

उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। 

महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने छन्।

प्रकाशित: १२ कार्तिक २०८० ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App