१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रसङ्घका महासचिव गुटेरेस र प्रधानमन्त्रीबीच २ बजे भेटवार्ता हुने

फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आजै भेटवार्ता हुन लागेको छ।

चारदिने औपचारिक भ्रमणमा नेपाल आएका राष्ट्रसङ्घका महासचिव गुटेरेसले आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नागरिक न्युजलाई बताए।

गएराति १ बजे नेपाल आइपुगेका महासचिव गुटेरेसले आजैबाट आफ्नो महत्त्वपूर्ण भेटवार्ता सुरु गर्दैछन्। सोही अनुसार उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन्।  

प्रधानमन्त्रीसँग भेट्नुअघि उनले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेट्नेछन्।

यस्तै महासचिव गुटेरेसले आजै पाटन दरवार क्षेत्रको पनि अवलोकन गर्नेछन् भने प्रधानमन्त्रीले आयोजना गर्ने रात्री भोजमा पनि उनको सहभागी हुने कार्यक्रम रहेको छ।  

प्रकाशित: १२ कार्तिक २०८० ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App