२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशमा नयाँ अध्याय सुरू भयो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा नयाँ अध्यायको सुरूवात भएको बताएका छन्।

आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएसँगै नयाँ अध्यायको सुरूवात भएको बताएका हुन्।

नेपालको संविधानको भावना र जनआन्दोलनको र विभिन्न आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने भावना अनुसार काम गर्ने कार्कीले बताएका छन्। 

प्रदेशको अस्थिर राजनीतिलाई स्थिर बनाउन, प्रदेशमा धार्मिक साम्प्रदायिक संहिष्णुता कायम गर्न सबै एकजुट हुन आवश्यक रहेको उनले बताए। प्रदेशमा स्थिर सरकार गठन भएको कार्कीले दाबी गरेका छन्।

प्रकाशित: १ कार्तिक २०८० ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App