४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भूमि र सार्वभौमिकताको सम्मान गर्न नेपालको आग्रह

सभालाई सम्बोधन गर्दै नेपाल। तस्बिर योगेश रावल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान संविधान मास्ने षडयन्त्र भइरहेको बताएका छन्।

कैलालीको टीकापुरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष समेत रहेका नेपालले असामाजिक तत्त्वबाट संविधान मासेर मुलुकलाई दुर्घटनातर्फ डोराउने प्रयास भइरहेको बताए।

उनले जात र धर्मका नाममा देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै समयमै सजग नबने मुलुक दुर्घटनामा जान सक्ने खतरा समेत रहेको बताए। 

‘धरान, सर्लाही र नेपालगञ्जका पछिल्ला घटनाले यस्तो सङ्केत देखाएको छ’ उनले भने, ‘समाजको नेतृत्व गरिरहेका हामी सबैले सकारात्मक भूमिका खेल्न जरुरी देखिएको छ।’

उनले वर्तमान संविधानमा धेरै राम्रा कुरा रहेको बताउँदै व्यवस्थामा केही कमी कमजोरी भए सुधार्दै लैजान सकिने बताए।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली भूमि र सार्वभौतिकमाको सम्मान गर्न आग्रह गरे। उनले तब मात्रै नेपाल र भारतबिचको सम्बन्ध प्रगाढ हुने बताए। नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप स्विकारे नहुने बताए।

‘यो सन्देश मोदीजीलाई मात्रै हैन। सबैलाई हो’ उनले भने, ‘हामी शान्ति, स्वाभिमान र सम्मानका साथ रहन चाहन्छौँ।’

प्रकाशित: २५ आश्विन २०८० १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App