२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक अहिले बिहान ११ बजेका लागि बोलाइएको छ।  

आजको बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।  

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८० ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App