६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा गगनको प्रश्न: रिगललाई कुन आधारमा आममाफी दिइयो ?

नेपाली कांग्रेसका सांसद गगन थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई  सरकारले कुन आधारमा आममाफी दिइएको जानकारी गराउनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई  सरकारले कुन आधारमा आममाफी दिइएको जानकारी गराउनुपर्ने बताएका हुन्।

‘संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानुन र ती कानुन अहिले अपव्याख्या भएकोले हाम्रो काँधमा कानुन बनाउने जिम्मेवारी आएको छ,’ उनले भने, ‘आममाफीको निर्णय गलत छ। सदनदेखि सडकसम्म विरोध भएको छ। विषय अदालतमा पनि पुगेको छ। सरकारले यसको कारण सदनलाई जानकारी गराउनुपर्छ।’

उनले सरकार जवाफदेही हुनुपर्ने र निर्णय गरेर सरकार भाग्न नपाउने बताए।  सरकारमा जो रहे पनि संविधानको छिद्र चिर्दै गम्भीर अपराधका दोषीलाई कैद माफी दिन नहुनेमा उनले जोड दिए।

हाल मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी फौजदारी कसुर तथा सजाय निर्धारण ऐन, कारागार ऐन र सर्वोच्च अदालतका विभिन्न फैसलालाई आधार बनाएर कैद छुटको निर्णय हुने गरेको थापाले बताए।

तर सरकारले यी कानुन र अदालतको निर्णयमध्ये जुन कानुनमा टेक्दा सजाय छुट दिन सकिन्छ त्यसैमा टेकेर निर्णय गरेको भन्दै यसरी भइरहेको कानुनको दुरुपयोग रोक्नुपर्ने बताए।

प्रकाशित: १८ आश्विन २०८० ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App