६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले न्यायलयलाई ‘गठबन्धनको विभाग’ बनायोः अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले न्यायलयलाई ‘गठबन्धनको विभाग’ बनाएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले खुला प्रतियोगितामा फेल भएका व्यक्तिलाई न्यायधिश बनाएर सरकारले न्यायलयलाई ‘गठबन्धनको विभाग’ बनाएको आरोप लगाएका हुन्।

‘नत्र भने परिक्षामा फेल भएकै मान्छे छानेर, १९ नम्बरकै मान्छे छानेर धाँधलीवादलाई न्यायधिस बनाइदैनथ्यो। के सरकारले न्यायलयलाई गठबन्धनको विभाग बनाउन खोजेको हो? संभव छैन। हामी पनि छौ यो देशमा, तपाईहरुको विभाग बनाउन दिदैनौै’, अध्यक्ष ओलीले भने।

उनले सरकारले न्यायालय माथि अनुचित हस्तक्षेप र चरम दुरुपयोग गरेको आरोप पनि लगाए। ‘१९ जना संभाव्य उम्मेदवारमा १८ जना पछिका १९औं पछिका खुल्ला प्रतियोगितामा फेल भएकाको नियुक्ती मन्त्रीको कृपामा एक नम्बरमा पर्‍यो’, अध्यक्ष ओलीले भने, ‘कर्तव्य पालनामा यस्तो धाधली हुदा केही भएको छैन भन्न अप्ठेरो नमान्ने।’

उनले आफू विरुद्घको मुद्दामा उफ्रि उफ्रि सक्रिय सहयोगी भूमिका खेल्ने फर्मका वकिललाई पनि न्यायाधिस बनाइएको आरोप लगाए। ‘के एक बर्ष हुन थालेको निर्वाचनको सम्झेर गुन लगाएको हो?’, अध्यक्ष ओलीले प्रश्न गरे।

प्रकाशित: १६ आश्विन २०८० ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App