७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छः सञ्चारमन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छिन्।

आईतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताइन्। पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौति रहेको पनि उनले बताइन्।

उनले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौति थपेको बताइन्। उनले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताइन्। सञ्चार क्षेत्रसँग संवद्ध, नियम, कानून, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने उनले प्रतिवद्धता जनाइन्।

उनले भनिन्, ‘अहिलेको हाम्रो अभिव्यक्ति स्वतन्त्रता सहितको संघीय, लोकतान्त्रिक गणतन्त्रको व्यवस्था, हामीले जे प्राप्ति गरेका छौँ, त्यो प्राप्तिका पछि पनि चानचुने जोखिम छैन। पत्रकारिता क्षेत्रले पनि उत्तिकै जोखिम मोलेको छ, राजनीतिक क्षेत्रले पनि त्यत्तिकै जोखिम मोलेको छ। अहिले कसैमा पनि भावना सकारात्मक छैन। राजनीतिक व्यक्तिप्रति किन सकारात्मक छैन धारणा भन्दा यहाँ नकारात्मक प्रवृत्ति हाबी छ। सकारात्मक प्रवृत्ति किनारामा छन्। त्यसकारण सतहमा जे छ, त्यही कुरा हाबी हुँदा त्यसको अपजस सबैले भोग्नुपर्छ। पत्रकारिता क्षेत्रमा पनि कैयन कुराहरु छन्, मिडियाको च्यालेन्ज छ। पत्रकारिता टिकाउने कुरा चुनौतिपूर्ण छ। साथै पछिल्लो समय सूचना प्रविधिमा आएको विकासले यसको सदुपयोग, र यसको सदुपयोग हुन नसक्दा देखिएका समस्या छन्। त्यसैले यसलाई व्यवस्थित बनाउँदै यो क्षेत्रलाई व्यवस्थिनत बनाउन जरुरी छ। यस क्षेत्रसँग संवद्ध, नियम, कानून, ऐन यी सबै कुरालाई व्यवस्थ्ति बनाउन जरुरी छ।’

प्रकाशित: ७ आश्विन २०८० ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App