२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेले भन्यो: सरकार आफै जिम्मेवार छैन

फाइल तस्बिर

नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकार जिम्मेवार नभएको आरोप लगाएको छ।

सिंहदरबारमा सरकारसँग भएको छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा सरकार आफै जिम्मेवार नभएको बताएका हुन्।

उनले भने, 'सरकार कथनप्रति जिम्मेवार छैन । जिम्मेवारबोधका साथ अघि बढ्न तयार छैन। भएका सहमति कार्यान्वयन गर्न जिम्मेवार छैन।' 

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न शुक्रबार सिंहदरबारमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो। 

प्रकाशित: ५ आश्विन २०८० १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App