२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ: वर्षमान पुन

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत पुनले शिक्षकहरूका असन्तुष्टि र जायज मागलाई सरकार र राजनीतिक दलहरूले सकारात्मक रूपमा लिएर सम्बोधन गर्नुपर्ने बताएका हुन्।

पुनले लोकतन्त्रमा सबैका आवाजले ठाउँ पाउनुपर्ने पनि बताएका छन्।  उनले भनेका छन्,'शिक्षक जस्तो समाजको बौद्धिक जगतले उठाएका मागलाई राज्यले बेवास्ता गर्न मिल्दैन र हुँदैन पनि। संसद् कानून बनाउने जिम्मेवारी पाएका जननिर्वाचित प्रतिनिधिहरुको सार्वभौम थलो हो। संघीयता कार्यान्वयनका लागि शिक्षासहित कतिपय ऐन बनाइनु अपरिहार्य छ। यस्तै भविष्यका कर्णाधार विद्यार्थीहरुको नियमित पठनपाठन रोकिनु राम्रो होइन।'  

बुधबार शिक्षकहरूले शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए।

प्रकाशित: ३ आश्विन २०८० १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App