नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध तुल्याएको बताएका छन्।
थापाले संविधान निर्माणमा सहमति र सहकार्यका लागि नेम्वाङले गरेको समन्वयकारी भुमिका सदा स्मरणीय रहने पनि बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। उनी लेख्छन्, 'नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ। संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उहाँले गरेको समन्वयकारी भुमिका सदा स्मरणीय रहनेछ। म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'
प्रकाशित: २६ भाद्र २०८० ०३:५९ मंगलबार