२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सङ्घीय निजामति सेवा ऐन चाँडै संसदबाट पास भइ लागू हुनेछः मन्त्री देवी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने बताएकी छिन्।

आज सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले सङ्घीय निजामति सेवा ऐन आउन ढिलाइ भएपनि सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै अब छिटै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन्।  

उनले सङ्घीय निजामति सेवा ऐन लागू भइसकेपछि सङ्घीय निजामति सेवा मात्र नभइ प्रदेश र स्थानीय तहसम्मको धेरै अन्योलता पनि अन्त्य हुने बताइन्।

उनले भनिन्, ‘विकास, समृद्धि र सुशासनको व्यवसायिक र सिर्जनशिल हुन जरुरी छ। निजामति प्रशासनले निर्वाचन सम्पन्न गर्न प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन गर्न तथा राजनीतिक संक्रमणकालको व्यवस्थापन गर्न कोशेढुङ्गा प्रमाणित भइसकेको अवस्थालाई बिर्सिनु हुँदैन। सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने यथार्थ हो।’

मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको पनि बताइन्।

प्रकाशित: २२ भाद्र २०८० ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App