राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का प्रस्थान गरेका छन्।
आईतवार सभापति लामिछाने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेलमा नेपाली खेलाडीहरुको हौसला बढाउन भन्दै श्रीलङ्का गएका हुन्।
लामिछानेसंगै पत्नी निकिता पौडेल लामिछाने र रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोरा पनि सँगै श्रीलङ्का गएका छन्।
श्रीलङ्काको क्याण्डीस्थित तालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
प्रकाशित: १७ भाद्र २०८० ०९:०३ आइतबार