१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन्र  

मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताए। उनले सरकार ढाल्ने कोशिष गर्नेहरु बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गरे। उनले कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने बताए। उनले अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातिय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गरे। उनले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गरे। उनले माओवादीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे।

उनले भने, ‘अहिले सरकारबिरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । तर कसैको केही लाग्ने मैले देखेको छैन । जति बल गरेका छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ । हामीले अझै गठबन्धन ५ वर्ष नै जानेछ, मैले त्यही देखेको छु, अहिलेसम्म । त्यस्तो ठूलो केही भएन भने हामी निरन्तर यो अभियानलाई सफलतातिर लानेछौँ । अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक त कतै जातिय, कतै माध्यमबाट यो परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न सकिन्छ की ? भन्ने कसरत छन् । त्यसमा हामी संवेदनशील छाँै । उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्छ, यो प्रमाणित गर्ने हाम्रो लागि ऐतिहासिक अवसर हो । हामीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्छाँै ।’

प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति शुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताए। उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए। उनले माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताए। उनले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूबिरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको बताए।

प्रकाशित: १२ भाद्र २०८० ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App