१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री थापाले मागे विश्वासको मत, बहुमत पुर्‍याएर देखाउन विपक्षीको चुनौती

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले  प्रदेशसभामा विश्वासको मत मागेका छन्। कोशी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत मागेका हुन्।

प्रदेशसभाको आजको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले सत्तापक्षसँग स्पष्ट बहुमत रहेको दबी गरे।

उनले भने ‘हामीसँग स्पष्ट बहुमत छ, कहाँ जानुपर्छ छातीमा नाम लेखेर ४७ जना सांसद जान तयार छौं।’

सत्तापक्षका नेताहरूले प्रदेशसभामा बहुमत पुग्ने दाबी गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा बहुमत पुर्‍याएर देखाउन चुनौती दिए। भण्डारीले भने ‘बहुमत छ भनेर भन्नुभयो लु बहुमत पुर्‍याएर देखाउनुस् त।’

अध्यक्षता नेपाली कांग्रेसका सांसद इस्रायल गरेका छन्। बैठकको अध्यक्षता गरेका मन्सुरीकोसमेत मत लिएर विश्वासको मत पु र्‍याउने गठबन्धनको योजना रहेको छ। बैठकको अध्यक्षता गरेका मन्सुरीको मत लिए पुनः अदालत जाने विपक्षी दलको तयारी छ।

विपक्षी नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बैठकको अध्यक्षता गरेका व्यक्तिले मतदान गर्न नपाउने स्पष्ट व्यवस्था रहेको दाबी गरे। कोशी प्रदेशसभामा ९३ जना प्रदेशसभा सदस्य रहेका छन्। बहुमतका लागि ४७ जना आवश्यक पर्छ। गठबन्धनसँग ४७ सांसद छन्। जसमा नेपाली कांग्रेससँग २९, नेकपा माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना छन्। विपक्षी गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन्। एमालेले विश्वासको मत पाउनबाट रोक्न उपसभामुख र ज्येष्ठ ७ जना सदस्यलाईसमेत आजको बैठकमा अनुपस्थित गराएको थियो।

प्रकाशित: ४ भाद्र २०८० ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App