६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ: नेता निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन्।

आज काठमाडौंमा काँग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।  उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए। नेता निधीले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि काँग्रेसका नेताहरूले नमानेको भन्दै आपत्ति जनाए। उनले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहित हुनुपर्ने बताए। 

नेता निधीले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उहाँको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे।

प्रकाशित: २ भाद्र २०८० १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App