११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभामा बजेट सम्बन्धी दुई अध्यादेश पेश

फाइल तस्बिर

कोशी प्रदेशसभामा बजेट सम्बन्धी दुई वटा अध्यादेश पेश भएको छ।

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष ०८०/०८१को  सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेशसभामा पेश भएको हो।

अघिल्लो सरकारले ल्याएका दुबै अध्यादेश कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले प्रदेशसभामा पेश गरेका हुन्। दुबै अध्यादेश प्रदेशसभामा पेश गर्नु अघि सत्तारुढ गठबन्धनका प्रदेशसभा सदस्यहरूले  प्रदेश सभामा दर्ता गरेका बजेट अध्यादेश अस्वीकार सम्बन्धी सूचनाहरू फिर्ता लिएका थिए।

गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए। उक्त अध्यादेश असार १४ गते संसदमा टेवल भएको थियो। अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गरेका थिए। शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दुवै दलले अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता लिएका हुन्।

कांग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समिकरण र परिस्थिति बदलिएका कारण अस्विकारको प्रस्ताव फिर्ता लिएको बताए। अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेट सम्बन्धि अध्यादेश पेश गरेका थिए। सो प्रस्तावलाई प्रदेशसभाले सर्बसम्मत रुपमा स्वीकृत गरेको छ।  

प्रकाशित: १ भाद्र २०८० ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App