१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक प्रतिशाेधले मलाइ सुन प्रकरणमा जोडियोः महरा

नेकपा माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महराले राजनीतिक प्रतिशोधका कारण आफुलाइ सुन प्रकरण मा जोडिएको बताएका छन्।  

दाङमा नागरिकसँग कुरा गर्दै महराले आफू संलग्नै नभएको बिषयलाइ अनावश्यक उछालिएको बताए। 'सुन प्रकरणमा मेरो कुनै संलग्नता हैन,' उनले भने, 'राजनीतिक रुपमा मलाइ कमजोर पार्ने रणनीति स्वरुप मलाइ यसरी जोडिएको हो ।' उनले पार्टी भित्रबाटै पनि सिध्याउने खेल हुन सक्ने भन्दै बाहिरबाटै पनि आफुमाथी प्रहार भएको बताए। 

आफुले समाजबादी मोर्चा निर्माण गरेर माओवादीलाइ ठूलो शक्तिका रुपमा स्थापित गर्न खोजेको भएपनी कसैलाइ यो चित्त नबुझेको हुन सक्ने उनको भनाइ छ । फलतः सुन प्रकरणमा आफुलाइ जोडेर समाजवादी मोर्चा बन्न नदिने मनसाय केहिम रहेको उनको भनाइ छ । यसैगरी उनले आफुमाथी लागेको आरोप बारे अनुसन्धानका निम्ति आफुले सहयोग गर्ने समेत बताए ।

प्रकाशित: ३० श्रावण २०८० ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App