१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राजेन्द्र लिङ्देनकाे प्रश्न- डा. शर्मालाइ छोड्ने अरु चिकित्सकलाई थुन्ने किन ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले काँग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताएका छन्। शनिवार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अघिल्लाे दिन समातेर भाेलिपल्टै किन छाेडेकाे भनी प्रश्न पनि गरेका हुन्। 

उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए । अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताए।

उनले भने, ‘डा. सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो ? यति नै बैला , सुनिल शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनु भयो । र फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन ।’  

अध्यक्ष लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको पनि बताएका छन्। अध्यक्ष लिङदेनले नेपाली युवाहरु राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने बताए। 

प्रकाशित: २७ श्रावण २०८० ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App