१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राज्यसत्तामा टिकिरहन मलाई पक्राउ गरियो: सांसद शर्मा

फाइल तस्बिर

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन्।

आज काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका उनले यस्तो प्रतिक्रिया दिएका हुन। सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताए।

उनले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने बताए। उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्घडी लगाएर गुन तिर्नुभएको बताए। उनले काँग्रेसले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने धारणा पनि राखे। 

सांसद शर्माले आफूलाई बिना कारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीले सत्तामा बसिरहन नैतिकताले नदिने बताए। आज काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो। सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले  बिहीबार पक्राउ गरेको थियो। सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताए।

प्रकाशित: २६ श्रावण २०८० १६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App