२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि छैन: काँग्रेस महामन्त्री शर्मा

फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएका छन्।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन। काँग्रेसका युवाहरूले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरेपनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो।

उनले एमालेका युवाहरूलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए। तर काँग्रेसका युवाहरूले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरू पनि पार्टीमा छौँ भन्ने सन्देश दिइएको स्पष्ट पारे। उनले अब काँग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरूले पार्टीका बैठकहरू लाइभ गर्ने दावी समेत गरे।

महामन्त्री शर्माले काँग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए। निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उनले परीक्षामा उर्तीण हुन पढ्नु पर्ने भएकाले काँग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरालाई जोड दिने उनले बताए।

प्रकाशित: १३ श्रावण २०८० १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App