१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : उपप्रधानमन्त्री खड्का

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपालको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको पदस्थापन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको भूमिका रहेको बताएका हुन।

नेपालको लोकतान्त्रिक आन्दोलनमा डिएलएको ऐतिहासिक भूमिका रहेको छ, यसलाई कांग्रेसले उच्च मूल्याङ्कन गर्दै आएको छ’, उनले भने। नेपाली काँग्रेस पार्टीका उपसभापतिसमेत रहेका खड्काले डिएलएमा आबद्ध कानून व्यवसायीलाई कांग्रेसले आगामी दिनमा उचित मूल्याङ्कन गर्ने बताए। आगामी दिनमा पार्टी डिएलएसँग सरसल्लाह र सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो।

कांग्रेस सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले डिएलएले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई ठूलो सहयोग पुर्‍याएको बताए । कांग्रेस सङ्खुवासभाका सभापतिसमेत रहेका सांसद खड्काले न्यायाधीश नियुक्ति गर्दा डिएलएसँग परामर्श गरेर अगाडि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए। पार्टीलाई आवश्यक पर्ने कानूनी परामर्शमा डिएलएका साथीहरूले निःशुल्क गर्नसमेत उनले आग्रह गरे।

नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कांग्रेसले पार्टीनिकट वकिललाई राम्रोसँग हेर्न नसकेको गुनासो गरे। उनले डिएलएबाट आफूले नेपाल बार एशोसियसनको प्रतिनिधित्व गरेकाले नेपाल बारको साख घट्न नदिनेगरी आफूले काम गरिरहेको उल्लेख गरे।

डिएलएका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले कांग्रेसले जितेका स्थानीय तहमा डिएलए आबद्ध वकिललाई कानूनी सल्लाहकारको रूपमा नियुक्ति गर्न पार्टीले पहल गर्नुपर्ने बताए।

डिएलएका निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष बसन्तराम भण्डारीलगायतले योग्यता र क्षमताका आधारमा न्यायलयमा डिएलए आबद्ध कानून व्यवसायीको प्रतिनिधित्व गर्न पार्टी लाग्नुपर्ने बताए।सोही अवसरमा डिएलएको महाधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो।

प्रकाशित: १२ श्रावण २०८० १५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App