३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना

फाइल तस्बिर

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरूले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताएका छन।

आज संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीयतालाई जोगाउनका निम्ति सभालाई निष्पक्ष रुपमा चलाउनुपर्ने बताए।उनले आफूहरूको व्यवहारले नै संघीय व्यवस्था बलियो हुने बताए।

अध्यक्ष तिमिल्सिनाले सङ्घीयता ल्याउनका लागि लडेका दलहरु पनि भाषणको रटानमा नलागी व्यवहारबाट पुष्टि गर्न लाग्नुपर्ने बताए।उनले जनताले सुशासन र आर्थिक समृद्धि खोजेको भन्दै दलहरूले जनताको सो आकाङ्क्षालाई पूरा गर्न लाग्नुपर्ने धारणा राखे।उनले जनताले महसुस गर्ने गरी आर्थिक विकास, सुशासन दिन सकेमा संघीयताको विरोध गर्नेहरू कम हुने उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाले विपक्षीले सधैँ नराम्रो कुरा मात्रै नभन्ने भन्दै सरकारले संसदमा विपक्षीले बोलेका कुराहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए।विपक्षीका कुरालाई पनि सरकारले आत्मसात् गरेर कमी, कमजोरी सुधार्नुपर्ने उनको भनाई छ। 

प्रकाशित: ५ श्रावण २०८० १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App