६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा सहमतिको सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।

शुक्रबार विश्वासको मत लिनुअघि प्रदेशसभालाई सम्बोधन गर्दै कार्कीले सहमतिको सरकार वा आलोपालो सरकार बनाउन प्रस्ताव गरेका हुन्। 

उनले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह पनि गरेका छन्।

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक बसेको हो। मुख्यमन्त्री कार्कीले हिंजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो।

आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन्। उनको सम्बोधन सकिएसँगै मत विभाजन प्रक्रिया सुरु भएको छ।

प्रकाशित: १५ असार २०८० ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App