३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभा बैठक स्थगित

प्रतिपक्ष दलहरुको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको बागमती प्रदेशसभाको बैठक बुधबार करिब आधा घण्टा बसेर फेरि स्थगित भएको छ।

प्रदेशसभा बैठक आगामी १७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो। बुधबारको बैठकमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मात्र सम्बोधन गरेका थिए।

बैठकको कार्यसूचि अनुसार सभामुख भुवनकुमार पाठकले बैठक संचालन गरे लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए।

उनीहरुको विरोधकै अवस्थामा सभामुख पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफलको कार्यसूचि अघि बढाएका थिए। बजेट माथिको छलफलमा भाग लिने सहभागीको नाम प्राप्त भएको जानकारी दिँदै राप्रपा संसदीय दलका नेता थापालाई बोल्न समय निर्धारण गर्दै सभामुखले रुलिङ गरेपछि प्रतिपक्ष दलका सांसदहरुले विरोध रोकेर आसनमा बसेका थिए। नेता थापाको सम्बोधन सकिए लगत्तै एमाले र राप्रपाका सांसदहरु पुनः आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए। प्रतिपक्षी दलका विरोध जारी रहादा सभामुख पाठकले बैठक स्थगन गरेको जानकारी गराएका थिए।

मंगलबार पनि एमाले र राप्रपाको अवरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध भएको थियो। प्रतिपक्षी दलका नेताहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधन नगरेसम्म बैठक चल्न नदिने बताउँदै आएका छन्। बजेट असन्तुलित र विभेदकारी भएको तथा मुख्यमन्त्री र मन्त्रीहरुको जिल्लामा मात्र बजेट विनियोजन भएको भन्दै एमाले र राप्रपाका सांसदहरुले विरोध गर्दै आएका हुन्।  

प्रकाशित: १३ असार २०८० १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App