१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

महानगरकाे संरक्षणमा १२३ रोपनी सार्वजनिक जग्गा,१५०० मिटर फुटपाथ निर्माण

फाइल तस्बिर

काठमाडौं महानगरका मेयर बालेन शाहले  महानगरभित्रका १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरेको बताएका छन्।

शाहले बुधबार घोषणा पत्रमा उल्लेख भएअनुसार हालसम्म गरेका कामहरुको विवरण सामाजिक सञ्जाल फेसबुक मार्फत प्रस्तुत गरेका हुन्।

उनले विगत लामो समय देखि सार्वजनिक जग्गा अनधिकृत प्रयोग भइरहेको हामीलाई गुनासो आइरहेको र त्यस्ता गुनासाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्। जस अनुरूप  चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको उनको भनाइ छ। यो कार्य निरन्तर चलिरहने पनि उनले बताएका छन्।  

घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उल्लेख अनुसार  २५ वटा नयाँ पार्कको निर्माण भएको पनि उनले बताए।

त्यस्तै सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले  १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको पनि उनले जानकारी दिएका छन्। ४२ कि.मी. सडक कालोपत्रे, ७ कि.मी. नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण भएको पनि उनले बताए।  

प्रकाशित: ६ असार २०८० ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App