२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल ख्याल गरिएन’

फाइल तस्वीर

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटमा छोरी गंगा दाहाललाईसँगै राखिएको विषयप्रति सांसदले आपत्ति जनाएका छन्।

समितिको बैठकमा एमाले सांसद सुनिता बरालले नेपाली पक्ष भन्दै प्रधानमन्त्री छोरी गंगा दाहालको नाम नलिई उनलाई लक्षित गर्दै भनिन्। नेपालबाट हातमा मोबाइल लिएर तर भारतीय पक्ष डायरी र कलम लिएर उपस्थित भएको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीसँगको भेटमा नेपाली पक्षले कुनै टिपोट गर्नुपर्दैन?’ प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलस्तरीय छलफल र अरू भेटमा पनि गंगा सहभागी भएकी थिइन्। भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखडसँग प्रधानमन्त्री दाहालले गरेको शिष्टाचार भेटका तस्वीरहरूमा पनि गंगा दाहाल देखिएकी थिइन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटमा छोरी गंगा दाहाललाईसँगै राखिएको विषयप्रति सांसदले आपत्ति जनाएका छन्।

गत जेठमा भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो भेट सुरक्षा सल्लाहकार अजित डोभलसँग गरेका थिए। वान टु वान भनिएको उक्त भेटका लागि डोभल विदेशसचिव विनयमोहन क्वात्रालाई लिएर प्रधानमन्त्री दाहाल बसेको होटलमा आए भने दाहालले आफ्नी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाललाई सहभागी गराए। त्यो भेटको तस्वीर सार्वजनिक भएपछि परराष्ट्रको प्रतिनिधिको साटो छोरीलाई सहभागी गराएको भन्दै आलोचना भएको थियो।

गत जेठमा भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो भेट सुरक्षा सल्लाहकार अजित डोभलसँग गरेका थिए।

एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री र सुरक्षा सल्लाहकारको भेटमा प्रधानमन्त्रीसंँग छोरी गंगा दाहालको उपस्थिति शोभनीय नभएको भन्दै प्रश्न उठाए। एमाले सांसदहरू भीम आचार्य, दामोदर पौडेल वैरागी, सुनिता बरालले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकलको ख्याल नगरिएको बताए।

कांग्रेसका सांसद विमलेन्द्र निधि र माओवादी केन्द्रका वर्षमान पुनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रथम राष्ट्रपति डा. रामवरण यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विदेश भ्रमणमा छोरीलाई सहभागी गराएको भन्दै बचाउ गरेका थिए। ‘श्रीमती नहुँदा सरकार प्रमुख र राष्ट्र प्रमुखले छोरीलाई प्रथम महिलाका रूपमा लाने प्रचलन पहिले देखिको हो’, पुनले भने, ‘यसो गर्न मिल्ने कि नमिल्ने भन्नेबारे स्पष्ट धारणा बनाइएको भए प्रधानमन्त्रीको भ्रमणमा विवाद हुने थिएन।’

परराष्ट्रमन्त्री साउदले द्विपक्षीय भेटवार्ताका क्रममा स्पाउस (श्रीमान् वा श्रीमती) वा परिवारका सदस्यको प्रतिनिधित्व हुने परम्परा रहेको भन्दै उनले भने, ‘यो राष्ट्रपति वा सरकार प्रमुखको सन्दर्भमा हुन्छ।’

प्रकाशित: ६ असार २०८० ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App