१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल फेरि अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेलमा फेरि स्वस्थ्य समस्या देखिएको छ। मुटुमा समस्या देखिएपछि एक सातायता उपचारमै रहेका पौडेलमा फेरि सोही समस्या देखिएपछि शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

रातिदेखि नै स्वास्थ्यमा समस्या आएपछि पौडेल बिहानै अस्पताल पुगेका थिए । उनको स्वास्थ्य अवस्था स्थिर रहेको सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना गरिएको जनाइएको छ। राष्ट्रपति मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना भएका हुन्।

मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। बुधबार उपचार गराएर डिस्चार्ज भएका पौडेलमा फेरि समस्या देखिएको हो। यसअघि राष्ट्रपति पौडेलले स्वास्थ्यमा समस्या देखिएपछि वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए।

प्रकाशित: ३ असार २०८० ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App