७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारलाई बालेनको पत्र: आदिपुरुषको शब्द नसच्याएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिऔँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश आपत्तिजनक अंश हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै मेयर शाहले आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६)ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेख गर्दै बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्रै देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताएका छन्।

त्यसैले नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन्।  

प्रकाशित: १ असार २०८० ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App