१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयर साम्पाङलाई जनता र सेलिब्रेटीको बधाईको ओइरो, दल र नेता मौन

जनता र सेलिब्रेटीका नायक बनेका मेयर साम्पाङ

बयालिस किलोमिटर टाढाबाट पानी ल्याएका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ अहिले चर्चाको सिखरमा छन्। विभिन्न अवरोधका बावजुत कोकाहा खोलाको पानी धरानमा ल्यापछि उनी भक्कानिए। र, आशु थाम्न सकेनन्। 

धरानमा पानी आएसँगै मेयर साम्पाङ रोएको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ। खानेपानीको अभाव भोगिरहेका धरानबासीलाई जिवन दिन उनी सफल भए। मेयर साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीको पानी ९८ औं दिनमा धरानमा झारेका हुन्।

हिजो मध्यराती कोकाहाको पानी धरान–२० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। पुराना राजनीतिक दल, तीनका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन्।

पानी पकुवा खोलामा खसेपछि घर नफर्की साम्पाङले त्यसरात खोलामा नै बिताएका थिए। ‘गर्न खोजे गर्न सकिदो रहेछ’ भन्ने कुरा मेयर साम्पाङले प्रमाणित गरेको धेरैले भन्ने गरेका छन्। धेरैले उनलाई जनप्रतिधि हुन् त यस्तो भन्दै उदाहरणहरु पनि दिइरहेका छन्। सर्वसाधरण र सेलिब्रेटीहरुको सामाजिक सञ्जालको भित्तामा साम्पाङले धरानमा खेसेको पानीका भिडियोहरु पोस्टिएका छन्।

मंगलबार नेकपा एमालेका नेता गोकुल बास्कोटाले धरानकाले धारो ल्याएछन्, समाचारहरु नकारात्मकता र केवल नकारात्मकमा र आत्मरतिमा रमाउने भन्दा पनि यो समाचार  भिन्न लागेको बताएका छन्। उनले भनेका छन्, ‘समाचारहरु नकारात्मकता र केवल नकारात्मकमा र आत्मरतिमा रमाउने भन्दा भिन्न लागे है मलाई त। सकारात्मक थ्रेट पनि मज्जा हुदों रहेछ। सधैभरि,सबैतिर यस्तै होला?’

पानी खसालेपछि मुस्कुराएका साम्पाङको तस्वीर सेयर गर्दै निर्देशक दिपकराज गिरीले  यस्ता फोटोले मात्र आनन्द दिने बताएका छन्। उनले लेखेका छन्, ‘हो! यस्ता फोटा ले चाहि आनन्द दिन्छ! ठूला राजनीतिक गफ होइन ,बिकास मात्रै लक्ष्य!’

अभिनेत्री करिश्मा मानन्धरले पनि कोकाहाको पानी खुवाउँन सफल भएकोमा मेयर साम्पाङलाई बधाइ दिएकी छिन्। उनले लेखेकी छिन्, ‘मेयर साप! धरानबासी जनताहरुलाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउँन सफल हुनु भो, यस्तै अनेकौं सफलताको शुभकामना छ।’

अभिनेत्री स्वतीमा खड्काले पनि लभहार्ट र तालीको इमोजी राख्दै साम्पाङको तस्वीर सेयर गरेकी छिन्। त्यस्तै अभिनेता आसिफ शाहले मेयर साम्पाङले गरेको कामलाई सलाम दिएका छन्। साम्पाङको तस्वीर सेयर गर्दै अभिनेता शाहले सलाम छ है.... भनेका छन्।  

मेयर साम्पाङलाइ जनता र सेलीब्रेटीले असली हिरोको उपमा दिएपनि राजनीतिक दल र तीनका नेताहरु भने मौन देखिन्छन्। उनीहरुले साम्पाङका नाममा शब्दहरु खर्चिन चाहेको देखिदैन।

आफ्ना नेताहरुले गरेका स साना काममा पनि नछुटाइ बधाइ दिने नेतृत्वहरुले पानी अभाव झेलिरहेका धराने जनतालाई श्रमदान मार्फत पानी खुवाएका साम्पाङलाई बधाई दिएको कही कतै देखिदैन्।

प्रकाशित: ३१ जेष्ठ २०८० ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App