७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रतिनिधिसभा बैठक: आजबाट बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ। जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट पेश गरेका थिए।  

यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। पूर्वमन्त्री मीना पाण्डको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको जवाफ माग्ने भएको छ। प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए। यसबारे एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने भएको हो।  

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी पनि गरेको छ। यद्यपी बजेटमाथि छलफल गर्ने बैठक भएकाले नरोक्ने र प्रधानमन्त्रीसँग जवाफ माग्ने कुरा उठेको एमालेका एक नेताले बताए। सांसद चल्न नदिने अवरुद्ध गर्ने मत पनि आएको उनले बताए। यस विषयमा आइतबार बिहान टुंगोमा पुग्ने उनले बताए।

प्रकाशित: २१ जेष्ठ २०८० ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App