coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले सांसद्ले घेरे राेष्ट्रम

नेकपा एमालेले आज संसद् अवरोध गरेको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरु उठेका थिए। सभामुख देवराज घिमिरेले बस्न आग्रह गरेका थिए। तर सांसद्हरु नबसेपछि सभामुखले सांसद् पदम गिरीलाई बोल्न समय दिएका थिए।  

उनले सत्ता पक्षका सांसद्ले सदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथमा लगाइएको सुनको जलहरीलाई नक्कली अर्थात् पित्तलको भएको बताएको भन्दै त्यसको विरोध गरे। उनले सरकारले सत्य तथ्य छानबिन गर्न माग गरे। हिन्दुहरुको आस्थाको केन्द्र रहेको पशुपतिनाथमा पित्तलको जलहरी छ भनेर गलत प्रचार गरी आस्थामाथी प्रहार गरेको उनले बताएका छन्।  

सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए । एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राखेका थिए। यसैक्रममा सभामुखले सांसद् हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले नेताहरुले रोष्ट्रम घेरेका छन्। उनीहरूले नाराबाजी गर्दे राेष्ट्रम घेरेकाे हुन्।

प्रकाशित: १२ जेष्ठ २०८० ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App