१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्व प्रधानमन्त्री नेपालको व्यङग्य- ‘धानको बाला हेर्ने टावर। के हेर्ने टावर?’

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हावादारी’ योजनाहरु ल्याएको आरोप लगाएका छन्।  

उनले सोमबारको प्रतिनिधिसभा बैठकमा कसैको नाम नलिइ पूर्वधानमन्त्री ओलीले अघि सारेका केही योजनाहरु माथि व्यङग्य गरेका हुन।  

अध्यक्ष नेपालले भने, ‘हाम्रो पालामा कति हावादार योजनाहरु आए। तिथिमिति तोकेर यो मितिमा  टिकट काटनुहोस ठ्याक्क बिजुलीको रेल चढनुहुनेछ। यस्ता हावादारी कुराहरु ल्याउनुहुदैन।’

अध्यक्ष नेपालले भने, घरघरमा ग्याँस खोइ ग्याँस? टावर । मलेसियाका टावर। खाडी क्षेत्रका टावर।  धानको वाला हेर्ने टावर ? के हेर्ने टावर। कुन टावरमा मान्छेको ओइरो लाग्छ। कुन ठाँउमा आवश्यकता छ। त्यो प्राथमिकता राख्नु पर्छ।’

प्रकाशित: ८ जेष्ठ २०८० ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App