६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट विश्वसनिय बनाउन अप्रिय कदम चाल्नुपर्छः सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन्।

शनिवार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कागजपत्र, नियमावली संशोधन र सके संवधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताए।  

उनले अहिले गल्ती गर्नेहरुलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे। अर्थसम्बन्धीत विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतित भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए।

नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको उनको भनाइ थियो। उनले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताए। बजेट विश्वसनिय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताउदै सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्शनलाई प्रहार गर्न आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित: ६ जेष्ठ २०८० १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App