७ वैशाख २०८१ शुक्रबार
राजनीति

भ्रष्टाचारबिरुद्ध सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन

सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन्। बिहीवार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिरोध गरेको हो। नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका छन्।

उनीहरुले काठमाडौंको भृकुटीमण्डप परिसरमा प्रर्दशन गरेका हुन्। प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाएकोे अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन्। उनले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरु राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरुप प्रदर्शनमा आएको बताइन्। उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने बताइन्।

प्रर्दशनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको बताए। उनले यो घटनाको कुनैपनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गरे।

सरकारले व्यक्त गरेको शाहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरु खोल्नुपर्ने बताए।

प्रकाशित: २८ वैशाख २०८० ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App