१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अयोग्य लडाकुलाई सरकारले पैसा हैन रोजगारी दिनुपर्छ: डा कोइराला

फाईल तस्विर

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अयोग्य लडाकुका नाममा राज्यले पैसा बाँड्न नहुने बताएका छन्।

शुक्रवार विराटनगरमा विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अयोग्य लडाकुको नाममा राज्य कोषको पैसा बाँड्न नहुने बताएका हुन् ।

उनले राज्य कोषबाट करोडौँ रुपैयाँ बाँड्नुको साटो रोजगारी दिनुपर्ने धारणा राखे ।कोइरालाले भने‘अयोग्य लडाकुको नाममा राज्य कोषबाट पैसा बाँड्न हुँदैन बरु  रोजगारी दिनुपर्छ ।’ नेता कोइरालाले नेपाली काँग्रेसलाई सुधार गर्न सबै नेताहरू तत्कालै लाग्नुपर्ने आवश्यकता रहेको बताए ।उनले जनतासँग कसरी जोडिने भन्ने विषयमा ध्यान दिनुपर्ने र जनताको सुख दुःखमा साथ नदिई सत्तामै रमाइरहने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखे ।

डा कोइरालाले  भने‘ कांग्रेस सुधारका लागि जनतासँग जोडिने कार्यक्रम लिएर तत्कालै टोल टोलमा पुग्न आवश्यक छ।’ कोइरालाले आफ्नो तर्फबाट कांग्रेसको टोल समिति देखि नै नेताहरूलाई जिम्मेवार बनाउँदै पार्टीलाई अघि बढाउने अभियान थाल्ने घोषणा पनि गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले जितपछि नेताहरूले जनतालाई नहेरी परिवार र आसेपासेहरूलाई मात्रै हेर्ने परिपार्टीले पार्टीमा समस्या आएको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, मधु आचार्य, प्रदेश सभा सदस्य केदार कार्की लगायतले पार्टीलाई सुधार गर्न केन्द्रीय तहबाटै अभियान थाल्न आवश्यक रहेको बताए । एउटै मानिसलाई सबै ठाउँमा अवसर दिँदा कार्यकर्तामा निराशा पैदा भएकाले पार्टीले सबै कार्यकर्तालाई योग्यता र क्षमताका आधारमा अवसर दिनुपर्ने उनीहरूको धारणा थियो।

प्रकाशित: १५ वैशाख २०८० १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App