७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

तनहुँ-१ मा स्वर्णिम वाग्लेको जित सुनिश्चित

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले वाग्लेको जित सुनिश्चित भएको छ।

पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ३१ हजार २ सय १२ मत प्राप्त गरिसकेका छन्। यो मंसिर ४ मा सम्पन्न निर्वाचनमा निर्वाचित भएका राष्ट्रपती राम चन्द्र पौडेलको भन्दा बढि मत हो।

अहिले सम्मको मतपरिणाम अनुसार कांग्रेसका गोविन्द भट्टराईले १७ हजार ९ सय ६८ मत ल्याउँदा एमालेका सर्वेन्द्र खनालले ८ हजार ६२ मत ल्याएका छन्।

कुल ६३ हजार ७ सय ५७ मत खसेकामा अहिलेसम्म ५९ हजार २ सय ४९ मतगणना भइसकेको छ। अब ४ हजार ५ सय ८ मत गन्न बाँकी छ। तनहुँ-१ मा अब व्यास नगरपालिकाका वडा नम्बर १० र ११ को मतपरिणाम आउन बाँकी छ।

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले सुरूआतदेखि नै अग्रता बनाएका थिए।

प्रकाशित: ११ वैशाख २०८० २०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App