९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरलाई आदेश दिएको छ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर तीन दिनभित्र तत्काल उठाउन आदेश दिएको हो।

आदेशमा काठमाडौंको वायु प्रदूषणबारे उल्लेख गर्दै सिंहदरबारजस्तो कैयौँ सेवाग्राही आउने ठाउँमा फोहोर विसर्जन नगर्दा प्रत्यक्ष रूपमा नागरिकको स्वस्थ र जीवनमा असर पर्ने जनाइएको छ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध  सर्वोच्चमा रिद दर्ता गरेका थिए।

श्रेष्ठले रिटमा महानगरको निर्णयले नागरिकको स्वच्छ वातारणमा बाँच्न पाउने अधिकार हनन् भएको दाबी गरेका थिए।

संघीय सरकारले आफूलाई सहयोग नगरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले सिंदरबाभित्रबाट फोहोर नउठाउन निर्देशन दिएका थिए।  

प्रकाशित: ८ वैशाख २०८० ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App