१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपा सांसद अन्सारीले गरिन् पद तथा गोपनियताको सपथ ग्रहण

फाइल तस्बिर

प्रतिनिधिसभाकी सांसद मञ्जु शर्मा (अन्सारी)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन्।

उनी जनता समाजवादी पार्टीका सांसद शहनाज रहमानको निधनपछि रिक्त रहेको समानुपातिकतर्फ प्रतिनिधिसभाकी सांसद भएकी हुन्।

आईतबार सिंदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

सपथग्रहण समारोहमा उपसभामुख इन्दिरा राना, नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डे, संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसहितको उपस्थिति रहेको थियो।

सप्तरी निवासी अन्सारीको २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणाली अन्तरगत जसपाबाट मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा नाम थियो।  

प्रकाशित: १९ चैत्र २०७९ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App