२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वर्णिम वाग्लेद्वारा कांग्रेसबाट अलग भएको घोषणा: 'कांग्रेस दाई,भाउजु,साला,भतिजको अक्षम गिरोहमा परिणत हुदै'

नेपाली कांग्रेस निकट अर्थशास्त्री स्वर्णिम वाग्लेले आफू कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

उनले आफ्नो फेसबुकमा बिहीबार साढे चार बजे  साँझ विशेष स्ट्याटस लेख्दै आफूले ५० बर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन्।

यसअघि उनले कांग्रेसका महामन्त्रीद्घय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अरु नेताद्वय डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेलको मोबाइलमा मार्मिक सन्देश पठाउँदै भनेका थिए, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा बस्न सकिन।’

यस्तो छ उनको कांग्रेस पार्टी परित्यागको सन्देश:

...नेपाली काँग्रेसबाट अलग भएको घोषणा...

वि.स २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतस् योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई(भाउजु(साला(भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ुयो देश बन्छु भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

प्रकाशित: १६ चैत्र २०७९ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App