१० माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

उपत्यकामा खानेपानीको भयावह अवस्था अन्त्य गर्ने योजना संसदमा पेस गर्न सांसद पौडेलको माग

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारको योजना संसदमा पेस गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौं उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसदमा पेस गर्न माग गरेका हुन्।

उनले खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ नारा भएपनि काठमाडौं उपत्यकाको करिव ६५ प्रतिशत घरका धारामा पानी नआउने बताए। सरकारले पानी नआउने धारा राखे बापत शुल्क भने नियमित लिइरहेको उनको भनाइ छ।

काठमाडौंमा धेरै जमिनमुनीको पानी र ट्याङकरको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको उनले बताए। पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताए। 

प्रकाशित: १२ फाल्गुन २०७९ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App