३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसपा कार्यकारिणी बैठक आइतबार

राष्ट्रपतिको निर्वाचनमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले यही आइतबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएको छ।

उक्त बैठकमा विधान अधिवेशनबारे छलफल हुने पार्टीका प्रवक्ता मनीष सुमनले बताए। उनका अनुसार कार्यकारिणी बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपतिको निर्वाचन लगायत विषयमा पनि गम्भीर छलफल हुनेछ। राष्ट्रपति मधेसी या जनजाति समुदायबाट छान्नुपर्ने आफूहरूको धारणा रहेको सुमनले बताए।

पछिल्लो समय जसपाका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन्। सत्तारुढ दलहरूबीच शक्ति बाँडफाँट हुँदा आफूहरूलाई पूरै बेवास्ता गरिएको उनको भनाइ छ।

यही कारण जसपाले अहिलेसम्म सरकारमा कसैलाई पठाएको छैन। राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक परिस्थितिमा फेरबदल हुनसक्ने जसपाका नेताहरूले अनुमान गरेका छन् ।

प्रकाशित: ५ फाल्गुन २०७९ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App