२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छः प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले  नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति,आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको बताएका हुन्।

पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपर प्रधानमन्त्रीको संज्ञा दिएका छन्। ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको उनले आरोप लगाएका हुन्।

उनले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रस्तुत गरिरहेको भन्दै तत्कालिन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गरे। उनले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको बताए।  

सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित गरे। 

प्रकाशित: ३ फाल्गुन २०७९ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App