८ वैशाख २०८१ शनिबार
राजनीति

कृषिजन्य वस्तु निर्यातमा सरकार लाग्नुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिजन्य वस्तु निर्यातमा सरकार लाग्नुपर्ने बताएकी छिन्।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले कृषिको आधुनिकरण र व्यवसायीकरण गरी उच्च स्तरमा उत्पादकत्व बढाउन र कृषिजन्य वस्तु निर्यातमा सरकार लाग्नुपर्ने बताएकी हुन्।

त्यस्तै मलको अभाव, विषादीको प्रयोग अत्याधिक जैविक र रासायनिक मलको प्रयोगमा ध्यान दिन आवश्यक रहेको उनले बताइन्। 

उनले खाद्य वस्तुमा आत्मनिर्भर बनाउन त्यही अनुसार कार्यक्रम संचालन गरेर व्यापार घाटा कम गर्न सकिने बताइन्। कृषि रोजगारीको सिर्जनामा ध्यान दिइ कृषिमा पूर्णकालिन रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: २७ माघ २०७९ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App