coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोप्यनियताको सपथ

मधेस प्रदेशमा माओवादी केन्द्रको तर्फबाट दुईमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।

मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा माओवादी केन्द्रका सांसद सुनिता यादवलाई उद्योग, पर्यटन तथा वन मन्त्रीको सपथ खुवाएका हुन्। उनले मैथिली भाषामा शपथ लिएकी थिइन्।

सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका मा‌ओवादीका सांसद रहबर अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका हुन्। उनले भोजपुरी भाषामा शपथ लिएका छन्।

मन्त्री यादव समानुपाति सांसद हुन् भने राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

माओवादीको दुईमन्त्री सरकार सहभागी भएसँगै मधेश सरकारले पुर्णता पाएको छ। यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनमन्त्री र माघ २० गते ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए।

मधेस सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्री गरी मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ।

प्रकाशित: २४ माघ २०७९ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App