१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

मधेस प्रदेशका अर्थ मन्त्री संजय यादवले गरे पदभार ग्रहण

मधेस प्रदेशका अर्थ मन्त्री संजय यादवले आइतबार पदभार ग्रहण गरेका छन्।

उनले पहिलो कामको रुपमा प्रदेशको राजस्व अभिवृद्धि गर्ने र बजेटमा भएको प्रावधान अनुसार चालु खर्च कटौती गरी पुँजीगत खर्च बढाउने आगामी कार्ययोजनाको फाइलमा हस्ताक्षर गरेका छन्।

गत बिहीबार उनीसहित तीन मन्त्रीको जिम्मेवारी पनि तोकिएको थियो। मुख्यमन्त्री सरोजकुमार यादवसँगै गत पुस २९ गते तीनजना मन्त्रीले शपथ लिएका थिए।

यसअघि जनमत पार्टीका वसन्त कुशवाहा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र नेकपा एमालेका सरोजकुमार यादव भौतिक बिकास पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन्।

प्रकाशित: १५ माघ २०७९ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App